News Griha :: न्यूजगृह
देशैभरका इकाईमा विद्यालय कर्मचारीको धर्ना [तस्बिरहरू] 

काठमाडौं— सरकारले आगामी वर्ष २०८०/८१ को बजेटमा आफ्ना माग सम्बोधन नगरेको भन्दै देशैभरका शिक्षा विकास तथा समन्वय इकाईमा सामुदायिक विद्यालयका कर्मचारीले धर्ना दिएका छन् ।

विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आह्वानमा आइतबार कर्मचरीले धर्ना दिएका हुन् । परिषद्को पूर्वघोषित कार्यक्रमअनुसार ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईमा कर्मचरीले धर्ना दिएको परिषद्ले जनाएको छ ।

आन्दोलनलाई सामुदायिक विदालय कर्मचारी संघले पनि ऐक्यबद्धता जनाउँदै सम्पूर्ण विद्यालय कर्मचारीलाई जिल्ला केन्द्रित तथा राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।

 केही तस्बिरहरू 

dharnanawapur1685880947.jpg

dharna1685880905.jpg

karmachari21685880738.jpg

dharna karmachari31685880780.jpg

bidhyalaya karmachari1685880826.jpg

karmachari2 (2)1685880862.jpg

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:५५
Weather Update