News Griha :: न्यूजगृह
नागरिकता विधेयक : राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको आदेश  

काठमाडौं— सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि झिकाउन कारण देखाउ आदेश जारी गर्दै राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई तत्काल कार्यन्वयन नगर्न आदेश दिएको हो । 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन गर्नबाट रोक लगाएको छ । 

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:२३
Weather Update