राष्ट्रिय योजना आयोगले पायो पूर्णता

काठमाडौं— राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्यहरूले सपथ लिएका छन् ।
योसँगै आयोगले लामो समयपछि पूर्णता पाएको छ । आइतबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यलयमा नवनियुक्त महिला सदस्यले सपथ लिएका हुन् ।
राष्ट्रिय योजना आयोगका प्रवक्ता डा. रामकुमार फुँयालका अनुसार डा. अनिता शाह ढुङ्गानाले सपथ लिएकी हुन् ।
फुँयालले भने ‘पहिला महिला सेक्टरका कामहरू पनि अन्य सदस्यहरूले बाँडेर हेरेको अवस्था थियो, अब भने महिलाहरूको सेक्टर महिला सदस्यहरूले नै हेर्नु हुनेछ, आयोगले पूर्णता पाएपछि बजेट र योजनातर्फ सबैको ध्यान जानेछ, साउन १ गतेदेखि बजेट कार्यान्वयन तिर आयोग लाग्छ । ’
अन्य सदस्यहरूले यस अघि नै सपथ लिइसकेका छन् । योजना आयोगमा उपाध्यक्षसहित ७ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १४:०७