नक्कली भुटानी शरणार्थी प्रकरण : ३१ जेठमा मात्रै आदेश आउने

काठमाडौं— जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त विरुद्ध ३१ जेठमा आदेश गर्ने भएको छ ।
अभियुक्तविरुद्ध अदालतमा आइतबारबाट थुनछेक बहस सुरु भएको छ । बहस साता दिनसम्म चल्नेछ । त्यसपछि अदालतले अभियुक्त विरुद्ध आदेश सुनाउनेछ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिएका छन् । उनले बहस निर्धारित समयभित्रै टुङ्ग्याउनसमेत आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १४:५९