News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
०६३ सालको गौर हत्याकाण्डको जाहेरी दर्ताको माग गर्दै सर्वोच्चमा रिट, पेसी भोलि
Prabhu Bank

काठमाडौं— रौतहटको गौरमा भएको नरसंहारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । नरसंहारको जाहेरी दर्ताको माग गर्दै आइतबार सर्वोच्चमा रिट दर्ता भएको हो । 

त्रिभुवन साह सहितका निवेदकले दिएको रिट दर्ता भएको प्रवक्ता विमल पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार रिटको सुनुवाइका लागि २२ जेठमा गते पेसी तोकिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गरी मुद्दाको अनुसन्धान अगाडि बढाउनु पर्ने माग गर्दै रिट दर्ता भएको हो । 

७ चैत २०६३ मा नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप  हुँदा २७ जना वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । केही दिनअगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको छानबिन हुने बताएका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:५०
sagarmatha cementsagarmatha cement
Weather Update