News Griha :: न्यूजगृह
नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट शर्माको इजलासमा

काठमाडौं— नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेका थिए।

रिट निवेदनमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:३२
Weather Update