निर्माण व्यवसायी महासंघ आन्दोलित, दियो ४ असार सम्मको अल्टिमेटम

काठमाडौं — सरकारले आफ्ना महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ ।
महासङ्घका अध्यक्ष रवि सिंहले आइतबार पत्रकार सम्मेलन गरी म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका व्यवसायीहरूको अत्यन्त महत्वपूर्ण मागहरू बारे आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन नभएको भन्दै आक्रोश पोखे ।
उनले माग पुरा नभए ४ असारदेखि देशभर आन्दोलन चर्काउने घोषणा गरे ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १७:३३