News Griha :: न्यूजगृह
मेची राजमार्ग सुचारु गर्न बेलिब्रिज लगिँदै 
मेची राजमार्ग सुचारु गर्न बेलिब्रिज लगिँदै  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा उपकरणहरूको विवरण तय भइसकेको र सोही कार्ययोजना अनुसार बेलिब्रिज पठाउन लागिएको बताए ।
नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्न नेमकिपा सांसद सुवालको माग 
नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्न नेमकिपा सांसद सुवालको माग  नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।त्यसैगरी सांसद सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न चाहनेलाई सरकारले अनुमति दिने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । 
बाढीले अवरुद्ध सङ्खुवासभा र पाँचथरको सडक खुलाउन सरकारले थाल्यो पहल, ५० करोडको भौतिक क्षति  
बाढीले अवरुद्ध सङ्खुवासभा र पाँचथरको सडक खुलाउन सरकारले थाल्यो पहल, ५० करोडको भौतिक क्षति   आइतबारको प्रतिनिधि सभा बैठकमा शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्वालाले सङ्खुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजै देखि थालनी गरिने बताएका हुन् ।
विद्यालय बन्दको कार्यक्रम स्थगित, वार्ता हुँदै
विद्यालय बन्दको कार्यक्रम स्थगित, वार्ता हुँदै परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले सरकारले वार्तामा आउन गरेको आग्रह र भावनालाई सम्मान गर्दै विगतमा भएको सहमति र सर्वोच्च अदालतको आदेशको पालना गराउने गरी वार्तामा बस्न आफूहरू तयार भएको बताए ।
बाढी, पहिरोबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन एमाले सांसदको माग
बाढी, पहिरोबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन एमाले सांसदको माग नेकपा एमाले सांसद योगेश भट्टराईले सङ्खुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाहरूमा बर्सातसँगै गएराति आएको बाढी र पहिरोबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
भान्सामा पुग्नु पर्ने गोलभेँडा सडकमा  
भान्सामा पुग्नु पर्ने गोलभेँडा सडकमा   गोलभेँडाको उचित मूल्य नपाएको भन्दै आन्दोलित किसानले आइतबार बिहान कालिमाटी तरकारी बजार अगाडि सडकमा गोलभेँडा फ्याँकेर विरोध गरेका हुन् । 
सुडानमा हवाई हमला : १७ जनाको मृत्यु
सुडानमा हवाई हमला : १७ जनाको मृत्यु मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । सुडान सेनाका जनरलले अर्धसैनिक र्‍यापिड फोर्सविरुद्ध कारबाही तीब्र पार्ने धम्की दिएको एक दिनपछि नै भएको यो आक्रमणमा ५ बालबालिकासहित १७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 
अमेरिकी विदेशमन्त्री चीन पुगे
अमेरिकी विदेशमन्त्री चीन पुगे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुईदिने भ्रमणका लागि बेइजिङ पुगेका छन् । अमेरिकी उच्च अधिकारीको पाँच वर्ष यताकै यो पहिलो भ्रमण भएको बीबीसीले जनाएको छ । भ्रमणका क्रममा ब्लिन्केनले चिनीयाँ समकक्षी र शीर्ष चिनीयाँ विदेश मामिला सम्बन्धी अधिकारीहरूसँग भेट गर्ने बताइएको छ । तर उनले राष्ट्रपतिसँग भेट गर्नेबारे अहिलेसम्म कुनै औपचारिक...
सङ्खुवासभा बाढी : एक जनाको मृत्यु, १६ मजदुर सम्पर्कविहीन
सङ्खुवासभा बाढी : एक जनाको मृत्यु, १६ मजदुर सम्पर्कविहीन स्थानीय हेवाखोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृतकको शव पाँचखपन नगरपालिका–५ मा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीमा परेर बेपत्ता १८ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जना सम्पर्कमा आएका छन् । १६ जना अझै सम्पर्कविहीन छन् । हेवा हाइड्रोपावरमा काम...
पाँचथर बाढी : बेपत्ता सबैको पहिचान 
पाँचथर बाढी : बेपत्ता सबैको पहिचान  जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा परि हिलिहाङ गाउँपालिका– ७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका– ११ का २८ वर्षीय सन्जोग लिम्बू र फिदिम– ५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । त्यस्तै फिदिम– ४ र हिलिहाङ– ७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् ।...
मेची राजमार्ग अवरुद्ध 
मेची राजमार्ग अवरुद्ध  अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा हेवाखोलाको पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।
ताप्लेजुङमा पहिरो, ४ जना बेपत्ता
ताप्लेजुङमा पहिरो, ४ जना बेपत्ता ताप्लेजुङमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् ।
Weather Update