मेची राजमार्ग सुचारु गर्न बेलिब्रिज लगिँदै

काठमाडौं— मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ ।
गएरातिको अविरल वर्षा र बाढीले आइतबार बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा उपकरणहरूको विवरण तय भइसकेको र सोही कार्ययोजना अनुसार बेलिब्रिज पठाउन लागिएको बताए ।
हेवाखोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको हो । विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आजै बेलिब्रिज पठाउने तयारी भइरहेको बताए । बाढीले हेवाखोलाको पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १४:४६