News Griha :: न्यूजगृह

काठमाडौं—   तरकारीको उचित मूल्य नपाएको भन्दै किसानहरू विरोधमा उत्रिएका छन् ।

गोलभेँडाको उचित मूल्य नपाएको भन्दै आन्दोलित किसानले आइतबार बिहान कालिमाटी तरकारी बजार अगाडि सडकमा गोलभेँडा फ्याँकेर विरोध गरेका हुन् । 

tamatar-sadakma1687070035.jpg

तरकारीको उचित मूल्य नपाएका पीडित किसानले कृषि गरेर खान र बालबालिकालाई पढाउन पनि नपुगेको भन्दै शरीरमा पेट्रोल खनाएर मर्न पर्ने अवस्था आएको बताएका छन् ।

kisan tamatar51687070035.jpg

त्यस्तै, नेपाल कृषिप्रधान देश भनेर भन्नलाई मात्र भएको तर किसानहरू भने तेल खनाएर आत्महत्या गर्ने अवस्थामा पुगेको पीडित किसान गीता कार्की बताउँछिन् । 

tamatar sadak ma21687070034.jpg

उनले दुःख गरेर खेती गरियो केही हुन्छ भनेर तर २५ किलो गोलभेँडा १ सय रुपैयाँमा बेच्नु परेको गुनासो गरिन् ।

उनले भनिन्, ‘भनाई चाँहि ठूलो छ, नेपाल कृषिप्रधान देश भनेर, खोई त कृषि प्रधान देश अरुको झोला भरिन्छ हामीलाई भने तेल खनाएर मर्नु जस्तो बाध्यता भएको छ, ऋणमा डुबेर । २५ किलो गोलभेँडाको १ सय रुपैयाँ बेचेर हामीले के गर्ने, तीन दिन भयो फर्म नगएको कामदारहरूले पैसा माग्छ भनेर, मरीमरी केही हुन्छ कि भनेर गरियो, कति दुःख गरियो बेच्ने बेला सय रुपैयाँमा २५ किलो बेच्छन् । पानी, बिउ, औषधी, विजुलीको पैसा तिर्न पर्छ, बेच्ने बेला यस्तो छ ।’  

kisana-tamatar41687070035.jpg

यस्तै, अर्का पीडित कर्ण बहादुर विष्टले किसानहरूले घाटामा काम गर्नुपरे पनि व्यापारीहरू फाइदामा रहेका भन्दै कालिमाटी तरकारी बजार बन्द गर्नुपर्ने बताए ।  

 

kisan-tamatar1687070036.jpg

kisan tamatar61687070035.jpg

kisan tamatar31687070036.jpg

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:१२
Weather Update