News Griha :: न्यूजगृह
मेची राजमार्ग अवरुद्ध 

काठमाडौं— अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा हेवाखोलाको पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाका अनुसार फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन र यात्रुहरू फिदिममै रोकिएका छन् । 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०९:४६
Weather Update