ताप्लेजुङ अपडेट : पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्युसोमबार, असार ४, २०८०

ताप्लेजुङ पहिरो अपडेट : छोराको मृत्यु, बाबु बेपत्ता सोमबार, असार ४, २०८० ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् ।

प्रधानमन्त्री भन्छन्– खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालित छन् सोमबार, असार ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भू–भागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् ।

ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते सोमबार, असार ४, २०८० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा सोमबार बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन् । पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए ।

मौसम : देशका केही स्थानमा वर्षाको सम्भावना सोमबार, असार ४, २०८० देशका केही भू–भागमा सोमबार वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाढीपहिरो : पाँचथरमा २४ घर विस्थापित सोमबार, असार ४, २०८० पाँचथरमा बाढीपहिरोका कारण हालसम्म २४ घरपरिवार विस्थापित भएका छन् ।

बाढीपहिरो : खोज, उद्धार र प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन आइतबार, असार ३, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वी नेपालका विभिन्न जिल्लामा बाढीपहिरोका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरुको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

यी प्रदेशमा भइरहेको छ मनसुनी वर्षा आइतबार, असार ३, २०८० नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित आइतबार, असार ३, २०८० प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो ।

उच्चले उल्ट्यायो ‘बलात्कृत’ लाई नै जेल पठाउने फैसला आइतबार, असार ३, २०८० बलात्कारसम्बन्धी एउटा फैसला उच्च अदालत दिपायलले उल्ट्याएको छ ।

पूर्वी नेपालमा बाढीपहिरोको वितण्डा : कतिले गुमाए ज्यान, कति बेपत्ता ? आइतबार, असार ३, २०८० लगातारको वर्षापछि आएको बाढीपहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ताप्लेजुङ बाढीपहिरो अपडेट : राहत र उद्धारमा जुट्दै अवरुद्ध सडक खोल्न पहल गर्ने निर्णय आइतबार, असार ३, २०८० जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढीपहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्रसँग समन्वय गरी आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ ।

विद्यालय कर्मचारी र सरकारबीचको वार्तामा के–के भयो ? आइतबार, असार ३, २०८०









