News Griha :: न्यूजगृह
यी प्रदेशमा भइरहेको छ मनसुनी वर्षा

काठमाडौं— नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ । देशको पूर्वी तथा मध्य भू–भागमा मनसुन प्रणालीको प्रभाव रहनाका साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण अहिले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

काठमाडौंमा साँझदेखि हल्का वर्षा भइरहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका कतिपय स्थानमा भारी वर्षा भएको छ ।

महाशाखको पछिल्लो विवरणमा सबैभन्दा बढी ताप्लेजुङ ४७, ओखलढुङ्गा ४०, धरान २२, पोखरा ३२ र जिरी २६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

नेपालमा यस वर्षको मनसुन प्रणाली गत जेठ ३१ गतेदेखि नेपालको पूर्वी भाग भएर भित्रिएको हो ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २१:२९
Weather Update