News Griha :: न्यूजगृह
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं— प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभावित भएको छ । अहिले भैरहवा, पोखरा, भरतपुर, तुम्लिङटारलगायत विमानस्थलको उडान प्रभावित भएको छ ।

विशेषगरी देशका पश्चिमी भेगका विमानस्थलमा उडान प्रभावित भएको एअरलाइन्सले जनाएका छन् ।

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले इनरुट वेदरका कारण पोखरा, भरतपुर भैरहवालगायत गन्तव्यको उडान डिले भएको जनाए । आइतबार तुम्लिङटार विमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २१:२०
Weather Update