News Griha :: न्यूजगृह
मौसम : देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं— देशका केही भू–भागमा सोमबार वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान कोशी प्रदेशमा सामान्य बदली रहेको छ भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेने विभागले जनाएको छ ।

त्यसैगरी बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा र देशको बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागको भनाइमा सोमबार राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०६:४९
Weather Update