उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्डसोमबार, असार ४, २०८०

भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु सोमबार, असार ४, २०८० भारतीय मौसम विज्ञान विभाग (आईएमडी)को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो ।

ताप्लेजुङ पहिरो : घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार सोमबार, असार ४, २०८० ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते भएका सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङका राजकुमार राईलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ ।

प्रहरीले छाड्यो उपप्राध्यापक प्रेम चलाउनेलाई सोमबार, असार ४, २०८० आफूमाथि कुटपिट गरेको घटना सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरूप उनी सोमबार अदालतमा पुगेका थिए।

‘रअ’ प्रमुखमा रवि सिन्हा नियुक्त सोमबार, असार ४, २०८० सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत छन् । उनको कार्यकाल ३० जुनसम्म छ । त्यसपछि मात्र उनले रअ प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । हाल रअ प्रमुख सामन्तकुमार गोयल छन् ।

काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न हुन्छ : मन्त्री ज्वाला सोमबार, असार ४, २०८० सोमबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले काठमाडौं–तराई द्रुतमार्ग निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताए ।

नेपाली नर्स बेलायत लैजाने विषयमा छलफल सोमबार, असार ४, २०८० भेटमा दुई देशका बीचमा भएका सहयोगका क्रियाकलापहरू र नेपाललाई स्वास्थ्य लगायत अन्य क्षेत्रमा बेलायतले गरेको सहयोगको बारेमा छलफल भएको स्वास्थ्य मन्त्री बस्नेतले बताएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड सङ्खुवासभामा सोमबार, असार ४, २०८० बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न सोमबार सङ्खुवासभाको तुम्लिङटार विमानस्थल पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार सोमबार, असार ४, २०८० पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ ।

बाढीले भोजपुरको सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो सोमबार, असार ४, २०८० बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कुल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७ को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्याएको हो ।

बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन सोमबार, असार ४, २०८० पूर्वाधार विकास समितिले देशभर बाढीपहिरोबाट प्रभावित व्यक्तिको यथार्थ लगत सङ्कलन गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।

उपप्राध्यापक चलाउने पक्राउ सोमबार, असार ४, २०८० त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने काठमाडौं जिल्ला अदालतबाट पक्राउ परेका छन् ।

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा सोमबार, असार ४, २०८० प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।









