News Griha :: न्यूजगृह
नेपाली नर्स बेलायत लैजाने विषयमा छलफल

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका लागि बेलायतकी राजदूत निकोला पोल्लिटबीच बेलायतमा नेपाली नर्स लैजाने विषयमा भइरहेको प्रगतिको बारेमा छलफल भएको छ ।

भेटमा दुई देशका बीचमा भएका सहयोगका क्रियाकलापहरू र नेपाललाई स्वास्थ्य लगायत अन्य क्षेत्रमा बेलायतले गरेको सहयोगको बारेमा छलफल भएको स्वास्थ्य मन्त्री बस्नेतले बताएका छन् । 

उनले भने, नेपालका नर्सिङ मेनपावर बेलायत लाने विषयमा छलफल भयो, श्रम मन्त्रालयले हेरिरहेको यो विषय अहिले बेलायतमा छलफल भइरहेको छ, नेपालको नर्सिङ मेनपावरलाई व्यवस्थित र सुरक्षित कसरी पठाउन सकिन्छ भन्ने विषयमा गम्भीर छलफल गर्यौँ, यस्तै ब्रिटिस गोरखालाई नेपालमा उपचार गर्ने  विषयमा पनि छलफल भयो, यसैगरी बेलायतले एउटा नयाँ कार्यक्रम दिन लागेको छ, विकासका आयोजना अन्तर्गत त्यो कार्यक्रमले नेपालमा सञ्चालन गर्ने भन्ने विषयमा कुराकानी भयो । ’

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १४:२३
Weather Update