‘रअ’ प्रमुखमा रवि सिन्हा नियुक्त

काठमाडौं— भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ(रअ) प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् ।
सिन्हालाई मन्त्रिपरिषद्ले सोमबार रअ प्रमुखमा नियुक्त गरेको हो । उनी छत्तीसगढ क्याडरका वरिष्ठ आईपीएस अधिकृत हुन् ।
सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत छन् । उनको कार्यकाल ३० जुनसम्म छ । त्यसपछि मात्र उनले रअ प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । हाल रअ प्रमुख सामन्तकुमार गोयल छन् ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८० १५:१०













