News Griha :: न्यूजगृह
उपप्राध्यापक चलाउने पक्राउ

काठमाडौं—  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने काठमाडौं जिल्ला अदालतबाट पक्राउ परेका छन् ।

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक चलाउने धर्ना दिन जिल्ला अदालत पुगेका थिए ।

अदालतभित्र होहल्ला र नाराजुलुस गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी दिए । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:५२
Weather Update