News Griha :: न्यूजगृह
सङ्खुवासभा बाढी : एक जनाको मृत्यु, १६ मजदुर सम्पर्कविहीन

सङ्खुवासभा— स्थानीय हेवाखोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृतकको शव पाँचखपननगरपालिका–५ मा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीमा परेर बेपत्ता १८ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जना सम्पर्कमा आएका छन् ।

१६ जना अझै सम्पर्कविहीन छन् । हेवा हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए ।

भेटिएको शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका–४पाँचखपननगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो ।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा क्षति पुर्‍याएको छ ।  बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:४३
Weather Update