ताप्लेजुङमा पहिरो, ४ जना बेपत्ता

काठमाडौं— ताप्लेजुङमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण गएराति ताप्लेजुङको सिदिङ्गा गाउँपालिका–६ मेहेलेमा पहिरो जाँदा एक जना स्थानीयसहित एकै घरका ३ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरूमा स्थानीय गणेश तामाङका साथै एकै घरका भागीमाया बुढाथोकी, सन्ध्या बुढाथोकी र बालक प्रज्जवल बुढाथोकी रहेको प्रहरीले जानकारी गराएकाे छ ।
ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार उनीहरूको खोजी भइरहेको छ भने क्षतिको विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० ०९:३३