News Griha :: न्यूजगृह
अमेरिकी विदेशमन्त्री चीन पुगे

काठमाडौं— अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुईदिने भ्रमणका लागि बेइजिङ पुगेका छन् ।

अमेरिकी उच्च अधिकारीको पाँच वर्ष यताकै यो पहिलो भ्रमण भएको बीबीसीले जनाएको छ ।

भ्रमणका क्रममा ब्लिन्केनले चिनीयाँ समकक्षी र शीर्ष चिनीयाँ विदेश मामिला सम्बन्धी अधिकारीहरूसँग भेट गर्ने बताइएको छ । तर उनले राष्ट्रपतिसँग भेट गर्नेबारे अहिलेसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको बीबीसीले जनाएको छ । 

अमेरिकी अधिकारीहरूले अहिलेसम्मकै तनावपूर्ण अवस्थामा पुगेको दुईदेशबीचको सम्बन्ध सुधार यो भ्रमणको पहिलो लक्ष्य हुने बताएका छन् । 

पाँच महिना अघि  नै भ्रमणको तयारी गरेका ब्लिन्केनले चिनीयाँ जासुसी बलुन अमेरिकी हवाई क्षेत्रमा देखिएपछि रद्द गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:५५
Weather Update