News Griha :: न्यूजगृह
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले बहुप्रतिक्षीत संघीय शिक्षा ऐनको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सो विधेयक संसदमा पेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्ने बताएका छन् ।
लालबहादुर बिकले पाए उच्च अदालतबाट सफाइ
लालबहादुर बिकले पाए उच्च अदालतबाट सफाइ उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहित तीन जनालाई सफाइ दिएको छ ।  बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका विश्वकर्मासहिले मंगलबार अदालतबाट सफाइ पाएका हुन् । 
शिक्षा ऐनको दफा ६५ को उपदफा ५ (३) बुँदा खारेज गर्न माग
शिक्षा ऐनको दफा ६५ को उपदफा ५ (३) बुँदा खारेज गर्न माग शैक्षिक परामर्श संघले प्रस्तावित शिक्षा ऐनको प्रारम्भिक मस्यौदाको दफा ६५ को उपदफा ५ (३) बुँदा खारेज गर्न माग गरेको छ ।
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको बैठकले कुनै निर्णय गर्न नसकेको परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
विद्यालय संरचनाभित्र नराखिए ईसीडी शिक्षकले आन्दोलन गर्ने
विद्यालय संरचनाभित्र नराखिए ईसीडी शिक्षकले आन्दोलन गर्ने सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले बालविकासलाई विद्यालय संरचनाभित्र राख्न माग गरेका छन् । 
भ्रष्टाचारीविरुद्ध सबै एक भएर लड्नुको विकल्प छैन : सांसद भण्डारी
भ्रष्टाचारीविरुद्ध सबै एक भएर लड्नुको विकल्प छैन : सांसद भण्डारी उनले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा पुग्न नसके मात्रै उच्च स्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न उपयुक्त हुने बताए ।
एक क्विन्टल सुन तस्करी छानबिन गर्न सरकारले छुट्टै समिति बनाउनु पर्छ : सांसद पौडेल
एक क्विन्टल सुन तस्करी छानबिन गर्न सरकारले छुट्टै समिति बनाउनु पर्छ : सांसद पौडेल राज्यले यसलाई गम्भिर विषय बनाउनु पर्‍यो नि, राज्यको जुन ढंगको गम्भिरता हुनुपर्ने हो, त्यो ढंगको गम्भिरता देखिएको छैन, संसदमा छलफल हुनु पर्छ, छानबिन समिति बनाउनु पर्छ, त्यसको टेक्निकल कुरा पनि बुझेका मान्छेहरु राखेर छानविन समिति बनाउनु पर्छ
संरक्षण गर्न नसक्दा फौजदारी मुद्दामा पीडितलाई न्याय दिन कठिनाइ भयो : प्रधानन्यायाधीश
संरक्षण गर्न नसक्दा फौजदारी मुद्दामा पीडितलाई न्याय दिन कठिनाइ भयो : प्रधानन्यायाधीश हामीले पीडितहरूको संरक्षण सार्थक रुपमा गर्न सकेका छौँ कि छैनौँ ? यो गम्भिर प्रश्न छ, हामीले पीडितहरूको संरक्षण गर्न नसक्दा प्रतिकूल बकपत्रको ठूलो चुनौति अहिले अदालतले सामना गर्नु परिरहेको छ ।
Weather Update