सरकारले संघीय शिक्षा ऐन संसदमा पेस गर्ने, मन्त्रिपरिषदबाट स्वीकृति

काठमाडौं— सरकारले संघीय शिक्षा ऐन संसदमा पेस गर्ने भएको छ ।
उक्त ऐनलाई संसदमा पेस गर्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारकी प्रवक्ता समेत रहेकी उनले भनिन्,‘मन्त्रिपरिषद् बैठकबाट शिक्षा विधेयक स्वीकृति भएको छ । अब संसदमा दर्ता हुन्छ ।’
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १९:३८