भारतमा धार्मिक द्वन्द्व : नुहमा २ दिन कर्फ्यु, ६ जिल्लामा इन्टरनेट बन्द
नयाँ दिल्ली— हरियाणाको नुहमा विश्व हिन्दू परिषद्को ब्रज मण्डल यात्रामा सोमबार भएको हिंसा र हड्ताल मंगलबार पनि कायमै छ ।
भारतीय सञ्चार माध्यमकाअनुसार नुहमा भोलिम्म कर्फ्यु लगाइएको छ । हिंसा र हड्ताल रोक्न उक्त क्षेत्रमा अर्धसैनिक बलका १३ वटा कम्पनी तैनाथ गरिएको छ ।
नुहमा भोलिसम्म इन्टरनेट बन्द गरिएको छ । नुह, फरीदाबाद, गुडगाउँ र पलवलमा मंगलबार सबै शैक्षिक संस्था बन्द गरिएका थिए ।
पलवलको होडलको मुख्य बजार नजिकै गान्धीचोकमा रहेको कपडा पसल र सिलाई मेसिन पसलमा १५–२० जना अज्ञात व्यक्तिले तोडफोड गरी लुटपाट गरेका छन् ।
त्यसैगरी ५०–६० जनाको भीडले परशुराम कालोनीका २५–३० वटा घरमा आगजनी गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १८:००













