News Griha :: न्यूजगृह
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की

काठमाडौं— प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मंगलबार ललितपुरमा आयोजित ३१औं प्रकाश स्मृति दिवस तथा २९औं प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले भने,‘स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी न्यायपालिकासहितको संवैधानिक व्यवस्था छ,न्यायालय राजनीतिक हस्तक्षेप,आर्थिक प्रलोभन, राज्यको हस्तक्षेप, दबाब र प्रभावबाट मुक्त हुनुपर्छ, त्यसो हुन सकेन भने निष्पक्ष न्याय प्रदान हुन सक्दैन ।’

उनका अनुसार निष्पक्ष न्याय हुन नसके मानवअधिकारको संरक्षण पनि हुन सक्दैन । ‘न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्छ । मानवअधिकारको एउटा अभियानका रूपमा न्यायपालिका स्वतन्त्र र निष्पक्ष बनाउनुपर्छ’,उनले भने ।  

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १९:५२
Weather Update