News Griha :: न्यूजगृह
एक क्विन्टल सुन तस्करी छानबिन गर्न सरकारले छुट्टै समिति बनाउनु पर्छ : सांसद पौडेल

काठमाडौं— सत्ता गठबन्धन दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एक क्विन्टल सुन तस्करी प्रकरण छानविनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उनले कांग्रेस सांसद पौडेलले यस्तो बताएका हुन् । मंगलबार संघीय संसद भवन परिसरमा उनले सरकारले प्राविधिक पक्षलाई ख्याल गरेर पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नु पर्ने बताए ।

‘राज्यले यसलाई गम्भिर विषय बनाउनु पर्‍यो नि, राज्यको जुन ढंगको गम्भिरता हुनुपर्ने हो, त्यो ढंगको गम्भिरता देखिएको छैन, संसदमा छलफल हुनु पर्छ, छानबिन समिति बनाउनु पर्छ, त्यसको टेक्निकल कुरा पनि बुझेका मान्छेहरु राखेर छानविन समिति बनाउनु पर्छ,’ उनले भने ।

यस्तै, सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिनका विषयलाई सरकारले गम्भिरतापूर्वक नलिएको आरोपसमेत लगाए ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:१४
Weather Update