न्याय
लालबहादुर बिकले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं— उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहित तीन जनालाई सफाइ दिएको छ ।
बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका विश्वकर्मासहिले मंगलबार अदालतबाट सफाइ पाएका हुन् ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो ।
बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १९:२६