News Griha :: न्यूजगृह
भ्रष्टाचारीविरुद्ध सबै एक भएर लड्नुको विकल्प छैन : सांसद भण्डारी

काठमाडौं— नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले अनियमितता गर्नेको विरुद्धमा सबै एक भएर लड्नुपर्ने बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उनले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन, राज्यका निकायहरूलाई छानबिन गर्न दिनु पर्ने बताए । उनले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा पुग्न नसके मात्रै उच्च स्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न उपयुक्त हुने बताए ।

‘उच्च स्तरीय छानबिन समिति बनाउनु हुँदैन भन्ने होइन, बनाए पनि हुन्छ, तर राज्यको निकाय छ, पुलिस छ, राजश्व छ, उनीहरुले गर्ने कुरा एक छिन हेरौँ,’ उनले भने, ‘उनीहरू टार्गेटमा पुग्न सकेनन्, माफियाको घरसम्म पुग्न सकेनन् भने उच्च स्तरीय छानबिन कमिटी बनाएर पनि छानबिन गर्नुपर्छ ।’

सांसद भण्डारीले भ्रष्टाचारीहरूको विरुद्धमा सबै एक भएर लड्नुको विकल्प नरहेको जिकीर गरे ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:५९
Weather Update