News Griha :: न्यूजगृह
जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु
जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केही बेरअघि सुरु भएको छ । डा. सिके राउतले नेतृत्व गरेको पार्टीको राष्ट्रिय परिषद्को बैठक केही बेरअघि राजधानीको एक होटलमा सुरु भएको हो ।
अर्थतन्त्रमा गुणात्मक रूपान्तरण जरुरी छ : प्रधानमन्त्री प्रचण्ड 
अर्थतन्त्रमा गुणात्मक रूपान्तरण जरुरी छ : प्रधानमन्त्री प्रचण्ड  बजेट तयार भए पनि संसदमा गर्ने छलफलबारे सवाल उठेको भन्दै प्रचण्डले, राज्यले सबै प्रकारका नीति वा योजना प्रस्ताव गर्दा बाहिरको ज्ञान र विवेक उपयोग गर्ने गरी सोच्न आवश्यक रहेको बताए ।
सिंहदरबारमा कार्यरत १४ उपसचिव र ८ शाखा अधिकृत स्थानीय तहमा सरुवा
सिंहदरबारमा कार्यरत १४ उपसचिव र ८ शाखा अधिकृत स्थानीय तहमा सरुवा मन्त्रालयले पहिलो चरणमा मंगलबार मात्रै १४ उपसचिव र आठ जना शाखा अधिकृतको सरुवा गरेको प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए ।
प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गर्ने सरकारको तयारी
प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गर्ने सरकारको तयारी सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनु पर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ । 
रवि लामिछानेको उद्घोष : ‘बिना ढेउवा के’ १०० भन्दा बढी जागिरको ब्यवस्था 
रवि लामिछानेको उद्घोष : ‘बिना ढेउवा के’ १०० भन्दा बढी जागिरको ब्यवस्था  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि आफ्नो पार्टीले एक सय भन्दा धेरै रोजगारी सृजना गरेको दाबी गरेका छन् । बुधबार समाजिक सञ्जाल मार्फत उनले अहिलेका लागि एक सय जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताए । 
लम्पी स्किनविरुद्ध चितवनमा खोप अभियान सञ्चालन हुँदै 
लम्पी स्किनविरुद्ध चितवनमा खोप अभियान सञ्चालन हुँदै  चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु हुने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
डेंगु नियन्त्रणका लागि धरानमा विद्यालय बन्द
डेंगु नियन्त्रणका लागि धरानमा विद्यालय बन्द सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु संक्रमण नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो ।
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, परराष्ट्रमन्त्री साउदसँग छलफल गर्ने
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, परराष्ट्रमन्त्री साउदसँग छलफल गर्ने संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे सार्वजनिक लेखा समितिको हलमा सुरु हुने बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्ने कार्यसूची छ ।
मन्त्रिपरिषदबाट पारित शिक्षा ऐनको मस्यौदामा शिक्षक र कर्मचारीका माग समेटियो ?
मन्त्रिपरिषदबाट पारित शिक्षा ऐनको मस्यौदामा शिक्षक र कर्मचारीका माग समेटियो ? शिक्षा विधेयकले संविधानका एकल अधिकार, साझा अधिकारका अनुसूचीका विषय खुलाइएको छ भने शिक्षक सेवा आयोगको कार्यसंरचना, विद्यालय शिक्षकको सेवा शर्त सुविधा निजामति, विद्यालय कर्मचारीको समस्या हल गरिएको छ ।
बुधबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
बुधबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
Weather Update