News Griha :: न्यूजगृह
रवि लामिछानेको उद्घोष : ‘बिना ढेउवा के’ १०० भन्दा बढी जागिरको ब्यवस्था 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि आफ्नो पार्टीले एक सय भन्दा धेरै रोजगारी सृजना गरेको दाबी गरेका छन् । 

बुधबार समाजिक सञ्जाल मार्फत उनले अहिलेका लागि एक सय जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताए । 

‘यी  विज्ञापनहरू विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्। चुनावमा आफूले  बोले अनुसार फ्री टिकटमा  नेपालमै फर्किन चाहनेका लागि  १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं,  त्यो पनि “बिना ढेउवा के,’ सामाजिक सञ्जालमा लामिछानेले भनेका छन् ‘अहिलेका लागि यी  रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं। मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी  विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैँछु।’ 

उनले आफ्नो पार्टी जनता माझ गरेका प्रतिवद्धताबाट पछि नहटेको समेत दाबी गरेका छन् ।  
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:१८
Weather Update