जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

काठमाडौं— जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केही बेरअघि सुरु भएको छ । डा. सिके राउतले नेतृत्व गरेको पार्टीको राष्ट्रिय परिषद्को बैठक केही बेरअघि राजधानीको एक होटलमा सुरु भएको हो ।
पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेन्डा तय गरिएको छ ।
उनका अनुसार यही साउन १८ गते बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ भने १९ गते स्थानीय जनप्रतिनिधि पार्टी समन्वय बैठक आह्वान गरिएको छ ।
उक्त बैठकमा वडाध्यक्ष, नगरप्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा. यादवले बताए ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १३:०८













