आगामी तीन दिन यी नदीको जलसतह उच्च रहने

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा रहेका ठूलासाना नदीको जलसतह उच्च रहने जनाएको छ ।
निरन्तर भारी वर्षा भएका कारण जलसतह उच्च रहने अनुमान गरिएको महाशाखाको भनाइ छ ।
कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तल तर बढ्दो रहने पूर्वानुमान महाशाखाले बुधबार जनाएको छ ।
महाशाखाले नदी तटिय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० ०६:२६













