News Griha :: न्यूजगृह
विद्यालय संरचनाभित्र नराखिए ईसीडी शिक्षकले आन्दोलन गर्ने

काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले बालविकासलाई विद्यालय संरचनाभित्र राख्न माग गरेका छन् ।

नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले बालविकास शिक्षकलाई संघीय शिक्षा ऐनमा विद्यालय संरचनाभित्र समावेश गर्न माग गरेको हाे ।

समितिले ईसीडीदेखि कक्षा १२ सम्म विद्यालय शिक्षा निर्धारण गरी सोहीअनुसार संघीय शिक्षा ऐनमा पारिश्रमिकको ग्यारेन्टी नगरे आन्दोलन गर्ने बताएकाे छ ।

बालविकास शिक्षक संघर्ष केन्द्रीय समिति अध्यक्ष कृष्ण थापा मगरले संघीय शिक्षा ऐनमा विद्यालय तहभित्र बालविकास शिक्षकलाई जसरी पनि समावेश गर्नुपर्ने बताइन् ।

उनले सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकलाई राज्यले शिक्षक नै मान्दैन भने आन्दोलनको अर्काे विकल्प नभएकाे बताइन् ।

उनले नयाँ शिक्षा ऐनको मस्यौदामाथि भएका कुनै पनि छलफलमा आफूहरूलाई नबोलाएको गुनासो गरिन् ।

नेपाल शिक्षक महासंघले पनि ईसीडी शिक्षकलाई विद्यालयको संरचनाभित्र राख्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:१४
Weather Update