संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार

काठमाडौं— नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको बैठकले कुनै निर्णय गर्न नसकेको परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
उनी भन्छन्, ‘कुनै निर्णय भएन । अर्को बैठक साउन १८ गते ५ बजे बस्नेगरी बैठक अन्त्य भयो ।’
प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेण्डामा छलफल भए पनि अन्य रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसको विषय प्रवेश गरेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १८:२९