आफ्नो १० अर्ब सम्पत्ति फिर्ता दिए अमेरिकी नागरिक रिहा गर्ने तालिबानको मागमंगलबार, साउन १६, २०८०

सडकमा डोजर तेर्स्याएर प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको विरोध मंगलबार, साउन १६, २०८० मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए...

संवैधानिक परिषद्को बैठक बस्दै,नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेण्डा मंगलबार, साउन १६, २०८० आजकाे बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने मुख्य एजेण्डा छ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् ।
शिक्षा विधेयक संसदमा पुग्न लागेपछि उत्साहित मंगलबार, साउन १६, २०८०

‘स्तनपान गरौँ,काम गरौँ’ नारासहित विश्व स्तनपान दिवस मनाइँदै मंगलबार, साउन १६, २०८० विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

देशभर मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना मंगलबार, साउन १६, २०८० जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले देशका केही ठाउँमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । मंगलबार बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा पनि वर्षा भइरहेको छ । दिउँसो कर्णाली...

सिन्धुपाल्चोकको धापमा भारी वर्षा मंगलबार, साउन १६, २०८० बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक, भक्तपुर र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ ।

लम्पी स्किन रोगपीडित किसानलाई सरकारले राहत दिने सोमबार, साउन १५, २०८०

पशुपतिनाथ मन्दिरमा हजारौं बोलबम यात्री सोमबार, साउन १५, २०८० सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् ।

विद्यालय कर्मचारी र शिक्षकलाई सुविधा दिन निर्देशन सोमबार, साउन १५, २०८० पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ ।

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : सांसद जबरा सोमबार, साउन १५, २०८०
भारतमा धार्मिक द्वन्द्व चर्कियो, गोली लागेर दुईको मृत्यु, ४० बढी सवारीसाधनमा आगजनी सोमबार, साउन १५, २०८० भारतको हरियाणाको नुहमा सोमबार विश्व हिन्दू परिषद् र मातृशक्ति दुर्गा वाहिनीले निकालेको ब्रजमण्डल यात्रामा झडप भएको छ । दुई समूहबीच झडप भएपछि ४० बढी सवारीसाधनमा आगजनी भएको छ । प्रहरीमाथि पनि ढुंगामुढा भएको थियो ।

युक्रेनले गर्यो रूसी प्रहरी चौकीमा आक्रमण सोमबार, साउन १५, २०८० युक्रेनले ड्रोनमार्फत रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आक्रमण गरेको छ । आक्रमणमा मानवीय क्षति नभएको क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् ।








