News Griha :: न्यूजगृह
शिक्षा विधेयक संसदमा पुग्न लागेपछि उत्साहित

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले मन्त्रिपरिषद्बाट शिक्षा विधेयक पारित भएर संसदमा पठाउन लागिएको समाचारले खुसी व्यक्त गरेका छन् । उनले गणतन्त्रमा राणाकालीन शिक्षाबाट जनता ढाटा रहने आशय व्यक्त गरेका छन् ।

लामो समयसम्म संघीय शिक्षा ऐन जारी नहुँदा शिक्षा क्षेत्रमा परेको असरले शिक्षक तथा कर्मचारीलाई निराश बनाएको छ । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने मन्त्रिपरिषदबाट शिक्षा विधेयक पारित भई संसद्मा दफावार छलफलका लागि पेस गरिने बताएका थिए ।

आफूहरुले वर्षौंदेखि उठाएका विद्यालय कर्मचारीका माग संघीय शिक्षा ऐनमार्फत सम्बोधन हुने विश्वास अध्यक्ष तिवारीको छ । उनी भन्छन्,‘प्रधानमन्त्रीज्यूबाट संघीय शिक्षा ऐन मंगलबार संसदमा ल्याउने घोषणा भएको हार्दिक आभारसहित धन्यवाद । जय विद्यालय कर्मचारी ।’

त्यसैगरी उनले ‘जनतालाई दुःख दिन र जनतामाथि राज गर्नु छ भने शिक्षाबाट जनतालाई टाढा राख्नू’ भन्ने राणाकालीन भनाइ स्मरण गर्दै तिवारीले संघीय शिक्षा ऐनले सो भनाइ हट्ने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी अध्यक्ष तिवारीले राजनीतिक दलहरुले घोषणा पत्रमा प्रतिबद्धता गरेअनुसार काम नगरेपछि देश युवाविहीन हुन लागेको पनि टिप्पणी गरेका छन् । उनी भन्छन्, ‘सबै नेताहरू भन्नुहुन्छ हाम्रा देशका युवाहरू विदेश पलायन भए । खै त हजुरहरूको दलको घोषणा पत्रमा शिक्षामा २० प्रतिशत बजेट भनेर भनिएको ? जनतालाई झुक्याउने काम हो त ? अनि विदेश बाहेक के नै छ ?’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:४४
Weather Update