News Griha :: न्यूजगृह
सिन्धुपाल्चोकको धापमा भारी वर्षा

काठमाडौं— बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक, भक्तपुर र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ ।

साे स्थानहरूमा भारी वर्षामापन भएको महाशाखाले मंगलबार जनाएको हो ।

मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना भएकोले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

भक्तपुरको नगरकोट वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ ।

सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव बढ्नसक्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०६:१९
Weather Update