सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : सांसद जबरा

काठमाडौं— नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन आयोग बनाउनुपर्ने बताएका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले यस्ता गम्भीर घटनामा सत्तापक्ष र विपक्ष भन्ने नहुने भन्दै मन्त्रालय, विभागबाट नभइ उच्चस्तरको संयन्त्र बनाइ छानबिन गर्नुपर्ने बताए । उनले सुन तस्करीको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने पनि बताए ।
उनले भने,‘सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन हुनुपर्छ । सरकारलाई दबाब हामी पनि दिन्छौँ । तर संसद्का अरु बिजनेस चल्न दिनुपर्छ । प्रधामन्त्रीले संसदमा जवाफ दिनुपर्छ ।’
सांसद जबराले सुन तस्करमा मुख्य व्यक्ति पक्राउ गर्नुपर्ने बताए ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १८:२४













