News Griha :: न्यूजगृह
लम्पी स्किन रोगपीडित किसानलाई सरकारले राहत दिने

काठमाडौं— सरकारले देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ ।

मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताए ।

लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्री दाहालले कृषि र अर्थसँग पशुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएकोसमेत बताए ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २१:४६
Weather Update