News Griha :: न्यूजगृह
संवैधानिक परिषद्को बैठक बस्दै,नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेण्डा 
संवैधानिक परिषद्को बैठक । फाइल तस्बिर ।

काठमाडौं— नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ ।

संवैधानिक परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजे बस्ने गरी आइतबार बैठक बोलाएका थिए ।

आजकाे बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने मुख्य एजेण्डा छ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । 

बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपसभामुख इन्दिरा रानामगरलाई बोलाइएको छ ।

यसअघि प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबीच भएको भेटका क्रममा संवैधानिक परिषद् बैठक र संसद्को गतिरोध अन्त्य लगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:२४
Weather Update