काठमाडौं— अफगानिस्तानको सत्ता कब्जा गरेको दुई वर्षपछि सोमबार तालिबान र अमेरिकी अधिरकारीबीच वार्ता भएको छ । अमेरिकी सेनाले युद्ध अन्त्य भएको संकेत गरेसँगै तालिबानले अमेरिकाको सहयोगमा रहेकाे अफगानी सत्ता कब्जा गरेकाे हो ।
दुई दशक लामाे युद्धपछि अमेरिकाले अफगानिस्तानमा आफ्नो नीति परिवर्तन गरेको थियो । जसका कारण तालिबानले मानव अधिकारको उल्लंघन गर्दै महिलामाथि कडा कानून लागु गरी सत्ता कब्जा गरेको थियो ।
दुई पक्षबीच भएको वार्तामा अमेरिकी अधिकारीले तालिबान सरकारले महिलामाथि लगाउँदै आएको पढाई र जागिर खान पाउनु पर्ने अधिकार दिन माग राखेका थिए । साथै, उनीहरूले तालिबानको हिरासतमा रहेका अमेरिकी नागरिकको रिहा गर्न अपिल गरेका थिए ।
यस क्रममा तालिबानले आफ्नो नेताहरूको यात्रामा लागेको प्रतिबन्ध फुकुवा गर्न माग गरेका थियो । यसै गरी तालिबानले अमेरिकाले आफ्नो देशमा १० अर्ब डलर फिर्ता गर्नु पर्ने शर्त राखेको जनाइएको छ । एजेन्सी













