News Griha :: न्यूजगृह
शिक्षा ऐनको दफा ६५ को उपदफा ५ (३) बुँदा खारेज गर्न माग

काठमाडौं— शैक्षिक परामर्श संघले प्रस्तावित शिक्षा ऐनको प्रारम्भिक मस्यौदाको दफा ६५ को उपदफा ५ (३) बुँदा खारेज गर्न माग गरेको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर शैक्षिक परामर्श संस्थाहरूले प्रस्तावित संघीय शिक्षा ऐन २०८० को उक्त दफामा आर्थिक लगानीको सुरक्षाको नाममा धरौटीलगायत विविध सुरक्षा उपायहरूको परिकल्पना समावेश गरिएकोमा आपत्ति जनाएका हुन् ।

शैक्षिक परामर्श पेशा शैक्षिक तथा भिसा परामर्श दिने भएकोले सेवा दिएबापत न्यूनतम शुल्क लिने भएकाले धरौटी रकम आवश्यक नपर्ने हुँदा शिक्षा ऐनको मस्यौदाको दफा ६५ उपदफा ५ र ६ खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

1 edunepal1690895111.jpg

edunepal21690895131.jpg

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:४९
Weather Update