धादिङमा तीन वटा ट्रक ठोक्कियो
काठमाडौं— धादिङको गणेशपुलमा मंगलबार बेलुकी तीन वटा ट्रक ठोक्किएको छ ।
धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिका बीचमा पर्ने गणेशपुलमा ट्रक एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
ब्रेक फेल भएका कारण ट्रक ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
ट्रकको नम्बर खुल्न सकेको छैन । दुर्घटनाको थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० ०६:१९













