नौ सय साना उद्योग दर्ता हुँदा २५९ खारेजबुधबार, भदौ १३, २०८०

औपचारिक रुपमा एमसीसी परियोजना कार्यन्वयन बुधबार, भदौ १३, २०८० बुधबार अर्थ मन्त्रालयमा आयोजना एक औपचारिक समारोहबीच अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले ईआईएफसम्बन्धी पत्र आदान–प्रदान गरेका थिए ।

६० किलो सुन प्रकरणमा दुःख दिएको भन्दै भन्सार विभागका कर्मचारीले मागे सामूहिक सरुवा बुधबार, भदौ १३, २०८० पछिल्लो समय ६० किलो सुन भन्सार छली विमानस्थलबाट बाहिर निस्केपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको घटनामा आफूहरूलाई दुःख दिएको भन्दै सामूहिक सरुवाको माग गरेका हुन् ।

प्रधानमन्त्रीसँग बेलायतका राजदूतले गरे भेटवार्ता बुधबार, भदौ १३, २०८० प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुनाका साथै दुई देशबीच सहयोगका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

नेपाली टोलीलाई अर्चुअल बैठकमा प्रधानमन्त्रीले भने– सरकार र नेपाली जनता साथमा छ बुधबार, भदौ १३, २०८० भर्चुअल बैठकमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको बताएका थिए । नेपाली टोलीले बुधबार दिउँसो पाकिस्तानसँग खेल्दै छ ।

लेक लागेर २३ वर्षीय तीर्थयात्रीको मृत्यु बुधबार, भदौ १३, २०८० मृत्यु भएका बुढा र सिकिस्त बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल भइरहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले बताए ।

एमालेका शीर्ष नेताहरू सवार विमानमा समस्या आएपछि... बुधबार, भदौ १३, २०८० सिरहामा बुधबार तय भएको सचिवालय बैठकमा सहभागी हुन जनकपुर जाने क्रममा विमानमा समस्या आएपछि काठमाडौं फर्केका एमाले नेताहरू अर्को विमानबाट त्यसतर्फ जाँदै छन् ।

सन्दर्भ गाईजात्रा : काठमाडौंका यी ठाउँमा सवारीसाधन प्रवेश रोक बुधबार, भदौ १३, २०८० गाईजात्रा पर्वलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले केही ठाउँमा सवारीसाधन प्रवेश रोक लगाएको छ ।

एमसीसीविरुद्ध ४ कम्युनिस्ट पार्टीले प्रर्दशन गर्दै बुधबार, भदौ १३, २०८० अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध ४ कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

ईसीडी शिक्षकले बुझाए प्रधानमन्त्री प्रचण्डदेखि रवि लामिछानेसम्मलाई ज्ञापनपत्र बुधबार, भदौ १३, २०८० प्रस्तावित संघीय शिक्षा ऐनमा सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का माग समावेश गराउन पहल गर्दै प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका सांसद तथा नेताहरूलाई ज्ञापनपत्र बुझाइएको छ ।

कप्तान पौडेल भन्छन्— एसिया कप नेपालका लागि विशेष अवसर बुधबार, भदौ १३, २०८० नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सबै नेपालीबाट टोलीप्रति ठूलो अपेक्षा रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले एसिया कप नेपालका लागि विशेष अवसर भएको बताए ।

मौसम : देशभर मध्यम वर्षाको सम्भावना बुधबार, भदौ १३, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा बुधबार मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

सुन तस्करी प्रकरण : सूचना संकलन गर्न सीआईबीका एसएसपीलाई हङकङ पठाइँदै मंगलबार, भदौ १२, २०८० ६० किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिएपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाउने भएको छ ।









