संस्कृत र भानु नाम हटाएर ‘दरबार हाइस्कूल’ राख्ने काठमाडौं महानगरको तयारीमंगलबार, भदौ १२, २०८०

एमसीसीका उपाध्यक्ष अलफोर्ड काठमाडौंमा मंगलबार, भदौ १२, २०८० मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी (अमेरिकी अनुदान परियोजना) का उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार काठमाडौं आइपुगेका छन् ।

अनशनरत आरती रावल र गृह मन्त्रालयबीच २ बुँदे सहमति मंगलबार, भदौ १२, २०८० वैवाहिक बलात्कार र बलात्कार मुद्दामा जिउज्यान सुरक्षाको माग गर्दै मातीघर मण्डलामा अनशनमा बसेकी बाँकेकी आरती रावल (गिरी) सँग गृह मन्त्रालयले २ बुँदे सहमति गरेको छ ।

संसद्लाई साझा थलोको रूपमा विकास गर्न संसदीय समिति सभापतिमा भागबन्डा गर्यौं : सचेतक लेखक मंगलबार, भदौ १२, २०८० प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्लाई साझा थलोको रूपमा विकास गर्न संसदीय समिति सभापतिको भागबन्डा गरिएको बताएका छन् ।

शिक्षा विधेयक संसदमा टेबुल गर्न किन ढिलाइ ? यसो भन्छन् प्रधानमन्त्री मंगलबार, भदौ १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावित शिक्षा ऐनको विधेयक छिट्टै संघीय संसदमा टेबुल हुने बताएका छन् ।

अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल मंगलबार, भदौ १२, २०८० यसै क्रममा प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नक्कली कम्युनिष्ट भएको आरोप लगाए । संविधान कुल्चिएर संसद् विघटन गर्ने र परिवर्तनका उपलब्धिलाई दबाउन खोज्ने कसरी कम्युनिष्ट हुन सक्छ ? भन्दै उनले प्रश्न गरे ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई धरौटीमा रिहा गर्न आदेश मंगलबार, भदौ १२, २०८० प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेकोलगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । उक्त निर्णयले उनलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो ।

गृहमन्त्री श्रेष्ठ र कोरियाली राजदूतबीच भेटवार्ता मंगलबार, भदौ १२, २०८० यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

भैरहवाबाट दुई अन्तर्राष्ट्रिय उडान सुरु, हङकङको उडान यात्रुविहीन मंगलबार, भदौ १२, २०८० मंगलबारको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए । हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पुर्याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ ।

टिपरले ठक्कर दिँदा डाक्टर यादवको मृत्यु मंगलबार, भदौ १२, २०८० ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।एमबीबीएस डा. यादव कनकाई अस्पतालको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर अस्पतालको ड्यिुटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

गंगामायालाई कहिले भेट्न जानु हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले दिए यस्तो जवाफ मंगलबार, भदौ १२, २०८० सांसद एकनाथ ढकालले गंगामाया अधिकारीलाई कहिले भेट्न जानु हुन्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । सांसद ढकालको प्रश्नमा प्रधानमन्त्रीले अनसरतर अधिकारीलाई भेट्नेबारे मौन जवाफ दिएका थिए । उनले अधिकारीको स्वास्थ्य अवस्था ठिक भएको मात्रै बताएका थिए ।

प्रधानमन्त्रीको दाबी : राष्ट्रिय गौरवको आयोजनाका लागि बजेट सुनिश्चित छ मंगलबार, भदौ १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका लागि पर्यप्त बजेट सुनिश्चित गरेको दाबी गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा पर्यप्त बजेट सुनिश्चित गरेका हुन् ।

संसद बैटक सुरु, सांसदहरूको प्रश्नोत्तर दिँदै प्रधानमन्त्री मंगलबार, भदौ १२, २०८० सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रदेखि देशको समग्र अवस्थाबारे प्रधानमन्त्रीसँग प्रश्न गरिरहेका छन् । बैठक मंगलबार बिहान ११ बजेदेखि जारी छ ।








