टिपरले ठक्कर दिँदा डाक्टर यादवको मृत्यु

झापा— मोटरसाइकल दुर्घटनामा परी कनकाई अस्पताल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको मृत्यु भएको छ ।
मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहान पूर्व-पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो ।
डा. यादव सवार प्र १-०२-०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र-३-००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा घाइते भएपछि मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमबीबीएस डा. यादव कनकाई अस्पतालको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर अस्पतालको ड्यिुटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १२:३९













