अनशनरत आरती रावल र गृह मन्त्रालयबीच २ बुँदे सहमति
काठमाडौं— वैवाहिक बलात्कार र बलात्कार मुद्दामा जिउज्यान सुरक्षाको माग गर्दै मातीघर मण्डलामा अनशनमा बसेकी बाँकेकी आरती रावल (गिरी) सँग गृह मन्त्रालयले २ बुँदे सहमति गरेको छ ।
मंगलबार मन्त्रालयले बाँकेको बैजनाथ गाउँपालिका–३ घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका–९ बस्दै आएकी गिरीसँग सहमति गरेको हो । सहमतिपछि गिरीले अनशन तोडेकी छिन् । उनी असार १० गतेदेखि अनशनमा बसेकी थिइन् ।
श्रीमानविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी गिरीको मुद्दा अदालतमा विचाराधीन छ । उक्त अवस्थामा आफ्नो जिउज्यान सुरक्षासमेतको माग गर्दै उनी अनशनमा बसेकी थिइन् ।
मन्त्रालयले उनको शान्ति सुरक्षाको लागि गृह मन्त्रालयले मातहत निकायलाई आवश्यक निर्देशन र सहजीकरण गर्ने सहमति गरेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १९:१४