News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको दाबी : राष्ट्रिय गौरवको आयोजनाका लागि बजेट सुनिश्चित छ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका लागि पर्यप्त बजेट सुनिश्चित गरेको दाबी गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा पर्यप्त बजेट सुनिश्चित गरेको बताएका हुन् ।

‘राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्न पर्यप्त बजेट सुनिश्चित गर्नुको साथै अनुगमन पनि भइरहेको छ,’ उनले भने, ‘म प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्रीको कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आवश्यक निर्देशन दिँदै आएको छु ।’

यस क्रममा प्रधानमन्त्रीले काम सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजना पूरा गर्न काम भइरहेको दाबी गरे ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:३१
Weather Update