गंगामायालाई कहिले भेट्न जानु हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले दिए यस्तो जवाफ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्याय माग्दै अनसनमा रहेकी गंगामाया अधिकारीको उपचार गर्न ३७ लाख रुपैयाँ सरकार दिएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले अस्पतालका अनुसार अनसनरत अधिकारीको स्वास्थ्य अवस्था ठिक रहेको बताए ।
सांसद एकनाथ ढकालले गंगामाया अधिकारीलाई कहिले भेट्न जानु हुन्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
सांसद ढकालको प्रश्नमा प्रधानमन्त्रीले अनसनरत अधिकारीलाई भेट्नेबारे मौन जवाफ दिएका थिए । उनले अधिकारीको स्वास्थ्य अवस्था ठिक भएको मात्रै बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० ११:५४













